१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मौरी पालेर वार्षिक आठ लाख बढी आम्दानी

अ+ अ-

सुनसरी । इटहरी उपमहानगरपालिका-४ का युवराज भट्टराईले मौरी पालन गरेर वार्षिक रु. आठ लाख बढी आम्दानी गरिरहेका छन् ।

मौरी चरनका लागि मौसम अनुकूल भएमा मह धेरै उत्पादन हुन्छ ।  आधुनिक प्रविधि प्रयोग गरी मौरी पालनबाट मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, भट्टराई । “बुवाकै सल्लाहमा विसं २०७२ मा मौरी पालन सुरु गरेको हुँ”, उनले भने । हाल ६२ घार मौरी उनले पालेका छन् । वार्षिक नौ  देखि १२ क्वीन्टलसम्म मह उत्पादन हुने र त्यसबाट रु. आठ लाख बढी आम्दानी गरिरहेको उनले बताए ।

सुरुमा मह उत्पादन भए पनि बजारको समस्या थियो । अहिले त्यो समस्या समाधान भएको छ । उत्पादित मह बिक्री हुने गरेको छ । मौरीलाई दैनिक स्याहार्नु पर्दैन । चार/पाँच दिनमा घारको अवस्था, मौरीको सक्रियता, खानको लागि फूलको रस पुगेको छ कि छैन, रोग लागेको छ कि छैन भनेर निगरानी गर्दा हुने उनको भनाइ छ । 

भट्टराईले युरोपेली मेलिफेरा जातको मौरी पालन गरिरहेका छन् । यो जातको मौरी रोगप्रतिरोधी हुने र मह उत्पादन धेरै गर्छ । घारलाई भने घाम लाग्ने पारिलो ठाउँमा राख्नुपर्छ । मौरीलाई फूल फुल्ने बोटबिरुवा पानीको स्रोत हुनुका साथै शान्त वातावरण आवश्यक पर्छ । त्यसैले एकदेखि दुई महिनामा स्थान परिवर्तन गराइदिने गर्नुपर्छ । 

भट्टराईको फार्ममा उत्पादित मह स्थानीय बजारका साथै विराटनगर, दमक  र काठमाडौँसम्म बिक्री हुने गर्छ । “अनलाइन अर्डर हुँदा कुरियर गरेर पठाउने गरेको छु”, भट्टराईले भने, “महको मूल्य गुणस्तर, स्वाद साथै खर्च हेरेर निर्धारण गरिन्छ, । मैले धेरै जसो तोरी बारीमा, आँप, लिची, सूर्यमुखी फूललगायत बगानमा सिजनअनुसार मौरी चराउन लाने गरेको छु । अहिले प्रतिकेजी रु. एक हजारमा मह बिक्री गर्दै आएको छु । महसँगै रु. १० हजारका दरले मौरीसहितको घारसमेत बिक्री गर्दै आएको छु”, उनले भने । 

इटहरी उपमहानगरपालिकाले वर्षमा केही उपकरण र घार अनुदान दिएको छ । यसलाई अझ व्यवस्थित गर्न बजारको अध्ययनसँगै आधुनिक प्रविधिको घार, मौरी पालन सीपका लागि सरकारबाट सहयोग भएमा आम्दानीको राम्रो सम्भावना रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस