१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको अध्यक्षमा कर्माचार्य निर्वाचित

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको अध्यक्षमा योगेन्द्रनाथ कर्माचार्य निर्वाचित भएका छन् । 

संघको गएराति यहाँ सम्पन्न दोस्रो महाधिवेशनबाट कर्माचार्यको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कर्माचार्य देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पूर्वअध्यक्षसमेत छन् । 

यस्तै, संघको वरिष्ठ उपाध्यक्षमा विजयबहादुर स्वाँर र अर्जुन रानाभाट, खुला उपाध्यक्षमा सुरेश हमाल, सानुकाजी प्रजापति, नन्दलाल श्रेष्ठ, कान्छाराम बल, शरद् अधिकारी र महिला उपाध्यक्षमा पुष्पा श्रेष्ठ चयन भएका छन्। यसैगरी, उपाध्यक्षहरूमा राजेन्द्र रिजाल (कोशी), मनोज चौधरी (मधेस), सुवन गिरी (बागमती), गोकर्ण कार्की (गण्डकी), मनप्रसाद आचार्य (लुम्बिनी), विष्णुबहादुर खड्का (कर्णाली) र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा उपेन्द्र विष्ट निर्वाचित भएका हुन् । 

संघको महासचिवमा केदारनाथ पौडेल, उपमहासचिवमा रजन रोक्का, सचिवमा रवि रिमाल, किरण खड्का, राजेशकुमार श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्रविक्रम बानिया र सहकोषाध्यक्षमा टेकराज जोशी चयन भएका छन् । 

विसं २०७२ मा स्थापना भएको संघको वैशाख १० र ११ गते सञ्चालित महाधिवेशनमा देशभरबाट पाँच सय प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस