काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोलि पार्टीले गर्न लागेको युवा भेला ऐतिहासिक हुने दाबी गरेका छन् ।
अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै भेलामा सहभागी हुन सबैलाई आह्वान गरेका हुन् ।
उनले भने, ‘भोलि पार्टीले आयोजना गरेको युवा भेला गर्दैछौं । १२ बजे भृकुटीमण्डपमा भेला हुनेछौँ र त्यहाँ युवाहरूको ऐतिहासिक जमघट हुनेछ र त्यसबाट हामीले उत्प्रेरित भएर प्रेरणा लिनेछौँ । युवाहरूको जमघटबाट हामीले एउटा सन्देश दिनेछौँ ।’
अब मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउनको लागि युवा पुस्ता तयार र सक्षम छ भन्ने सन्देश दिने बताएका छन् ।
युवा पलायन भइरहेको बेलामा देश निर्माण गर्ने भावना जागरित गर्नको लागि युवाहरू संगठितरूपमा अगाडि बढ्नुपर्ने बताएका छन् ।