१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल प्रहरीका अवकाश प्राप्त महानिरीक्षक दुर्लभ कुमार थापाको ९७ वर्षमा निधन

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका अवकाश प्राप्त महानिरीक्षक दुर्लभ कुमार थापाको निधन भएको छ। उनको ९७ वर्षको उमेरमा निधन भएको हो ।

दुर्लभ कुमार थापाले वि.सं. २०३५ जेठमा प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए। उनको कार्यकालमा नेपाल प्रहरीमा महत्त्वपूर्ण सुधार र नवीन पहलहरू भए। उनले पर्यटक प्रहरीको स्थापना, कमाण्डो तालिमको सुरुवात, प्रहरी पहरा गणको गठन, र महानिरीक्षकको निवास निर्माण जस्ता उल्लेखनीय कार्यहरू गरे। यी पहलहरूले नेपाल प्रहरीको व्यावसायिकता र प्रभावकारिता बढाउन महत्त्वपूर्ण योगदान पुर्‍यायो।

वि.सं. २०२४ मा प्रहरी उपरीक्षक (एसपी) को रूपमा उनले जापानको क्योटोमा आयोजित इन्टरपोलको ३६औँ महासभामा नेपाल प्रहरीको प्रतिनिधित्व गरेका थिए, जसले नेपाललाई इन्टरपोलको १००औँ सदस्य राष्ट्र बनाउन भूमिका खेलेको थियो। सन् १९५६/५७ मा उनले भारतको माउन्ट आबुस्थित सेन्ट्रल पुलिस ट्रेनिङ कलेजमा भारतीय प्रहरी सेवा (आईपीएस) तालिम लिएका थिए। उनले वि.सं. २०२४ चैतदेखि २०२८ फागुनसम्म सदर प्रहरी तालिम केन्द्र (हालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) को कमान्डेन्टको जिम्मेवारी सम्हालेका थिए।

वि.सं. २०३३ वैशाख २१ देखि २०३५ वैशाख ५ सम्म उनले पश्चिम क्षेत्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) को रूपमा नेपालगन्जमा कार्य गरे। उनको नेतृत्वमा प्रहरी सेवालाई अनुशासित र जनमुखी बनाउन विभिन्न सुधारका कार्यक्रमहरू लागू गरिएको थियो। उनको योगदानको कदर स्वरूप सन् २०१३ मा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जबाट ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस