२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘साइनो नै नभएको गिरीबन्धु टी-इस्टेटलाई जोडेर भूमि अध्यादेश रोकियो’ : मन्त्री अधिकारी

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले साइनो नै नभएको गिरीबन्धु टी-इस्टेटलाई जोडेर भूमि अध्यादेश रोकिएको बताएका छन्।

नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा भूमि मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

‘गिरीबन्धु टी-इस्टेटलाई फाइदा पुग्ने गरी अध्यादेश ल्याइएको भन्ने अपव्याख्या गरियो,’ उनले भने, ‘भूमि अध्यादेशसँग गिरीबन्धु टी-इस्टेटको कुनै सम्बन्ध छैन।’

अपव्याख्याका कारण भूमि अध्यादेश पारित हुन नसकेको मन्त्री अधिकारीको भनाइ छ। प्रतिनिधि सभाबाट पास भए पनि राष्ट्रिय सभाबाट अध्यादेश पारित हुन नसकेको उनले सुनाए।

मन्त्री अधिकारीले पुराना नापी ऐन र भूमि ऐन पुनर्लेखनका लागि समिति गठन भइसकेको जानकारी दिए।

‘२०१९ सालको नापी ऐन र २०२१ को भूमि ऐन नयाँ बनाउन समिति गठन भइसकेको छ,’ उनले भने। साथै, नयाँ नापी ऐनको प्रारूप तयार भइसकेको उनले जनाए।

उनका अनुसार अन्य देशमा उद्योगका रूपमा विकास भइसकेको घरजग्गा कारोबार नेपालमा त्यस्तो नहुनु दुःखद पक्ष हो। ‘घरजग्गा व्यवसाय गर्ने निकायले देश र जनताको हितमा काम गरिरहेको भन्ने स्थापित भइसकेको छैन,’ उनले भने, ‘अहिलेसम्म त आफूलाई मात्र फाइदा हुने गरी काम गरेको आम बुझाइ छ।’

उनले आर्थिक उपार्जनको नाममा सरकारी नियम उल्लंघन गरेर अघि बढ्नेलाई नियमन गर्नु आवश्यक रहेको बताए। ‘आर्थिक लाभ उठाउने नाममा कानुन मिचेर हिँडिएको छ कि ? त्यो हेर्न जरुरी छ,’ मन्त्री अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस