२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धौलागिरि प्रादेशिक अस्पतालमा जलन एकाइ स्थापना

अ+ अ-

काठमाडौँ । धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा आगलागीबाट घाइते बिरामीको उपचारका लागि जलन एकाइ स्थापना गरिएको छ ।

आवश्यक दक्ष जनशक्ति र भौतिक पूर्वाधारको पर्याप्ततापछि अस्पतालमा जलन एकाइ स्थापना गरिएको हो ।

जलन उपचारका लागि अस्पतालमा तीन जना सर्जन रहेको र नर्सिङ विभागका तीन जना नर्सले जलन उपचारसम्बन्धी तालिम समेत लिइसकेकाले धौलागिरि अञ्चलका बिरामीलाई जलनसम्बन्धी उपचार सेवा दिने उद्देश्यले एकाइ स्थापना गरिएको धौलागिरि प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. किरण तिवारीले जानकारी दिएका छन् ।

अस्पतालमा कार्यरत सर्जन डा. शंकर लामिछाने, डा. आशिष सापकोटा, डा. रोजिना सुवेदी तथा जलन उपचारसम्बन्धी तालिम प्राप्त नर्सहरूले बिरामीलाई सेवा दिनेछन् । जलन एकाइमा एसि जडित चार बेडको ड्रेसिङ कक्ष र आवश्यक उपकरणहरूको समेत व्यवस्थापन गरिएको छ । जलन एकाइबाट १० देखि १५ प्रतिशतसम्मका जलनका बिरामीहरूको उपचार गरिने डा. तिवारी जानकारी दिए।

१५ प्रतिशतभन्दा बढी जलनका बिरामीलाई ठुला अस्पतालमा रिफर गरिने तिवारीको भनाइ छ ।

जलनका बिरामीलाई उपचारका साथै मानसिक परामर्शको समेत आवश्यकता रहेकाले अस्पतालमा ९ महिनादेखि बन्द रहेको मानसिक रोग सेवा समेत सुचारु भएको छ । ग्रामीण प्रसूति भिडियो एक्स-रे तालिम साइटको सुरुवात गरिएको अस्पतालमा प्याथोलोजी सेवा विस्तार भएपछि रोगको पहिचान र निदानमा बिरामीले राहत महसुस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस