१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–२ ढकनियाँमा रु छ करोड ८० हजारको लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ । उक्त आयोजना निर्माण भएपछि सो वडाका पाँच सय १० परिवार लाभान्वित भएका छन् । 

संघीय सरकार र नगरपालिकाको ५०/५० प्रतिशत लागतमा खानेपानी आयोजना निर्माण गरिएको हो । नगरपालिकाको पूर्वाधार विकास तथा व्यवस्थापन शाखाका प्रमुख दीपक धामीका अनुसार उक्त आयोजनाअन्तरगत बोरिङ ड्रिल, दुई सय २५ घन मिटरको ट्यांकी, पाँच सय १० परिवारको घरमा धारा जडान, २२ किलोमिटर पाइपलाइन विच्छ्याउनेलगायत कार्य पूरा भएको छ ।

उक्त खानेपानी आयोजना निर्माण गर्न ‘उच्चकोटी ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनी’सँग २०८० वैशाखमा सम्झौता भएको हो । सम्झौता अनुसार २०८१ फागुनसम्म सो आयोजना निर्माण सम्पन्न गर्ने तय गरिएको थियो । सो वडाका ढकनियाँ, रानीपुर, लक्ष्मीपुरलगायत गाउँका बासिन्दाको घर घरमा खानेपानीका धारा जडान गरिएका प्रमुख धामीले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस