काठमाडौँ । अवैध लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हेटौँडा उपमहानगरपालिका-१९ नेवार पानीबाट अवैध लागू औषध अफिम जस्तो देखिने पदार्थ ६ किलोग्राम सहित चितवन राप्ती नगरपालिका(११ कोराक बस्ने २५ वर्षीय बाबुराम तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय नेवार पानीबाट खटिएको प्रहरीले नारायणगढबाट कलैयातर्फ जाँदै गरेको बा।प्र.०३-००१ ख २८८७ नम्बरको बसबाट उक्त पदार्थसहित आइतबार बिहान पक्राउ गरेको हो ।
त्यस्तै, उदयपुरका त्रियुगा नगरपालिका-६ स्थित सडकबाट नियन्त्रित लागू औषध नाइट्राजेपाम ३२ ट्याब्लेट सहित सोही नगरपालिका-१२ दुर्गा टोल बस्ने २६ वर्षीय मो।इस्माइल अलीलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषधसहित सोही दिनमै पक्राउ गरेको हो ।
पक्राउ पर्ने दुवैलाई आवश्यक कारबाही तथा अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।