कैलाली । जिल्लाको टीकापुर नगरपालिका-२ स्थित जनशक्ति सामुदायिक वनमा आज पाटे बाघ मृत फेला परेको छ ।
सब डिभिजन वन कार्यालय टीकापुरका प्रमुख दिलिप यादवले जंगलमा वयस्क पोथी पाटे बाघ मृत फेला परेको जानकारी दिए । पाटे बाघको अगाडि भागको शरीरमा चोट लागेको पाइएको उनले बताए ।
गन्हाएपछि स्थानीयले थाहा पाएर खबर गरेकाले बाघ केही दिनअघि नै मरेको र भाले बाघको आक्रमणबाट घटना भएको हुनसक्ने अनुमान गरिएको कार्यालय प्रमुख यादवले बताए ।
घट्नाको थप अनुसन्धानका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट डा. आयुश महर्जनसहितको प्राविधिक टोली घटनास्थल पुगेको थियो । स्थानीय जनप्रतिनिधिलगायत वन कर्मचारीको रोहबरमा मृत बाघ जमिनमा गाडिएको छ भने थप अनुसन्धानका लागि विभिन्न अंग झिकेर पोस्टमार्टमका लागि पठाएको डिभिजन वन कार्यालयले जनाएको छ ।