१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती सरुवा : सकसको पुरानो कथा, ४० सहसचिवको सूचीमा अड्कियो निर्णय

अ+ अ-

काठमाडौँ । निजामती प्रशासनमा सरुवाको सकस नौलो होइन । पटक-पटक फाइल बोकेर मन्त्रालय धाउँदा पनि निर्णयमा ढिलाइ हुने रेकर्ड पुरानै हो । यस पटक पनि सहसचिव सरुवाको प्रस्तावले निकास पाउन सकेको छैन, जसले ४० जना सहसचिवलाई अन्योलमा पारेको छ ।

गत मंगलबार मन्त्रिपरिषद् बैठकमा पेश भएको सरुवा प्रस्ताव शुक्रवारसम्म प्रमाणित हुन नसकेपछि आइतबारको आशा गरिएको छ, तर पक्का समय अझै अनिश्चित छ । सरुवाको पर्खाइमा रहेका र अदली-बदलीबाट बरण्डामा पुगेकाहरूको कुराइ लम्बिँदै गएको छ । सुरुमा दुई दर्जनको सूचीबाट बढेर ४० को हाराहारीमा पुगेको नामावली प्रमाणीकरण नहुँदासम्म थपघट हुन सक्ने अनुमान छ ।

सम्बन्धित समाचार : दुई दर्जनभन्दा बढी सहसचिवको सरुवा प्रस्ताव मन्त्रिपरिषदमा, केही विभागीय प्रमुख पनि फेरिन सक्ने

विशेष गरी, एक सहसचिवलाई परराष्ट्र मन्त्रालय पठाउने र केही प्रभावशाली सहसचिवको सरुवामा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीकृति आवश्यक भएकाले ढिलाइ भएको प्रशासन स्रोतले जनाएको छ । मुख्यसचिवले प्रधानमन्त्रीलाई प्रस्ताव देखाएर मात्र अन्तिम निर्णय गर्ने बताए पछि प्रधानमन्त्री ओलीको व्यस्तताले समय नपाउँदा ढिलाइ भएको ती स्रोतले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए ।

कर्मचारीको सरुवा नियमित प्रशासनिक प्रक्रिया भए पनि पछिल्लो समय राजनीतिक चासो र दबाबका कारण अनेक चरणमा फेरबदलको भुमरीबाट गुज्रिने गरेको छ । प्रणालीबाट खटाएका भन्दा मन्त्रीहरूले आफू अनुकूल कर्मचारी खोज्दा निर्णय प्रक्रिया जटिल बनेको छ ।

कतिपय अवस्थामा प्रणाली मिचेर मन्त्रीहरूले कर्मचारीलाई संरक्षण दिँदा कानुनको उपहास भएको कर्मचारीहरू नै गुनासो गर्छन् । यसले स्थायी सरकारको रूपमा रहेको कर्मचारीतन्त्रलाई अस्थिर बनाउँदै कुशासन र अराजकता निम्त्याइरहेको छ ।

निजामती सरुवा प्रक्रिया अविलम्ब पारदर्शी र स्वचालित बनाउनुपर्छ । राजनीतिक हस्तक्षेप बन्द गरी मेरिटका आधारमा निर्णय हुनुपर्छ । कर्मचारीतन्त्रको स्थायित्व र स्वायत्तता सुनिश्चित नगरे कुशासनको दलदलमा मुलुक फस्ने निश्चित छ । तत्काल प्रणाली सुधारको खाँचो छ ।

प्रतिक्रिया दिनुहोस