काठमाडौँ । मार्चमा अस्ट्रेलियाको बेरोजगारी दर बढेको अस्ट्रेलियाको बिहीबार प्रकाशित सरकारी तंथ्याकमा दाबी गरिएको छ ।
अस्ट्रेलियाको तंथ्याक विभाग (एबीएस) का अनुसार बेरोजगारी दर मार्चमा ४.१ प्रतिशत पुगेको छ । जुन फेब्रुअरीमा ४.० प्रतिशत थियो ।
रोजगारीमा मौसमी उतारचढावलाई सहज बनाउने जनाउँदै बेरोजगारी दर लगातार पाँच महिना ४.० प्रतिशतमा रहेको एबीएसले जनाएको छ ।
पछिल्लो १२ महिनामा रोजगारमा रहेका अस्ट्रेलियालीको सङ्ख्या तीन लाख आठ अथवा (२.२ प्रतिशत) ले बढेको छ, जुन महामारीपूर्वको २० वर्षको औसत २.० प्रतिशतभन्दा बढी हो ।
रोजगारमा रहेका अस्ट्रेलियालीहरूको सङ्ख्या फेब्रुअरी र मार्चको बिचमा ३२ हजार २०० ले वृद्धि भएको एबीएसले जनाएको छ भने सोही अवधिमा बेरोजगार व्यक्तिहरूको सङ्ख्या तीन हजारले बढेको छ ।
एबीएसका श्रम तंथ्याक प्रमुख सीन क्रिकले रोजगार–जनसङ्ख्या अनुपात (काम गर्ने उमेरको जनसङ्ख्या) मार्चमा ६४.१ प्रतिशत रहेको छ ।
रोजगारीमा वृद्धिको बाबजुद, क्रिकले अस्ट्रेलियालीहरूले काम गर्ने समय मार्चमा ०.३ प्रतिशतले घटेको बताउँदै यसको कारण चक्रवात लगायत प्रमुख मौसमी घटनाहरू भएको बताए ।