१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘तत्काल सरकारमा जाने मनस्थितिमा छैन’ : माधव नेपाल

अ+ अ-

चितवन । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिले आफूहरू सरकारमा जाने मनस्थितिमा नरहेको बताएका छन्। आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफूहरू जनतामा जाने, जनताको समस्या बुझ्नेतर्फ केन्द्रित गरेको उल्लेख गरे । 

उनले भने, “तत्काल सरकारमा जाने मनस्थिति छैन । जनतामा जाने, जनताका समस्या बुझ्ने र उहाँहरूका समस्या समाधानमा ध्यान केन्द्रित छ ।” उनले अहिले पार्टीका कमीकमजोरीलाई सुधार गरेर अघि बढ्ने समय रहेको बताए ।  

फेरि राजतन्त्र फर्कन सक्ला ? भन्ने पत्रकारहरूको प्रश्नमा अध्यक्ष नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए । पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गरी उनले राजतन्त्र ल्याएर फाइदा नभएको बताउँदै व्यक्ति विशेषमा राम्रो भावना, योजना भए प्रभावकारी काम गर्न सकिने धारणा राखे । 

नेपालीहरू हाम्रो देश चलाउन, अघि बढाउन, देशको सम्मान, स्वाभिमानको रक्षा गर्न र स्वतन्त्रताको रक्षा गर्न आफैँ सक्ने अवस्थामा रहेका अध्यक्ष नेपालको भनाइ छ । शिक्षकहरूको मागका बारेमा सरकार सकारात्मक बनेर समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए । 

वर्षौंदेखि भएका सहमति कार्यान्वयन गर्न सरकारलाई नेपालले आग्रहसमेत गरे । उनले भने, “विद्यार्थीको भविष्यसँग जोडिएको विषय छ । यसलाई सरकारले समाधान गर्न तदारुकता देखाउनु पर्छ ।”

प्रतिक्रिया दिनुहोस