१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री आचार्यले भने-‘प्रदेश सरकार निजामती सेवालाई बलियो बनाउन चाहन्छ’

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश र स्थानीय तहको निजामती सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको बताएका छन् ।

नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशको आयोजनामा शुक्रवार बुटवलमा भएको नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले ऐन, कानुन र नियमावलीमार्फत निजामती सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले ध्यान दिएको र सोही अनुसार काम भइरहेको बताए ।

प्रदेश तहबाट नै सचिव राख्न सक्ने व्यवस्थालाई संस्थागत गर्न पहल जारी राखेको समेत उनले बताए । ‘तपाईँहरू मध्येबाटै प्रदेश सरकारका सचिव बन्नुपर्छ भन्ने मान्यता राखेर सरकार अघि बढेको छ’ उनले भने, ‘प्रदेश तहमा निजामती सेवामा आकर्षण बढाउन ध्यान दिएका छौँ । कर्मचारीको मनोबल उच्च राखेर नै समृद्ध प्रदेश बनाउन सकिन्छ ।’

रिक्त पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोगमार्फत प्रक्रिया अघि बढेको तर प्रशासन सेवातर्फ अदालतमा मुद्दा परेका कारण विज्ञापन हुन नसकेको भनाइ उनको छ ।

‘कहाँ मिलेको छैन, त्यहाँ सरकारले मिलाउन तयार छ । कर्मचारी साथीहरू संवादमा आउन जरुरी छ,’ उनले भने, ‘संवादको माध्यमबाट समस्या समाधान गर्न सरकार तयार छ । तर, ढोका बन्द गर्ने काममा कोही नलाग्नुस् ।’

प्रदेशलाई बलियो बनाउन कर्मचारी प्रशासनलाई मजबुत बनाउन सरकार लागिपरेको भए पनि केही कर्मचारी अदालत जाने प्रवृत्तिका कारण कर्मचारीको रिक्तताको प्रश्न गम्भीर रूपमा उठेको उनले बताए ।

‘हाम्रा साथीहरू अदालत धाएकै कारण कर्मचारीले जुन वृत्ति विकासको अवसर पाउने हो, त्यो ढिलाइ भयो,’उनले भने, ‘अवसरलाई वञ्चित गर्न कर्मचारी साथीहरू नै लाग्यौँ । ती नमिलेका कुराहरू मिलाउन सकिन्थ्यो, तर कर्मचारी साथीहरू ढोका नै बन्द गरेर लाग्यौँ ।’

संगठनका प्रदेश अध्यक्ष नेत्रप्रसाद आचार्य, नेपाल निजामती कर्मचारी संगठन लुम्बिनीका इन्चार्ज कविसिंह कठायत, नेकपा एमाले लुम्बिनी प्रदेशका प्रदेश सचिव लक्ष्मण आचार्य, रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, लुम्बिनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर इन्द्र ढकाललगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस