काठमाडौँ । सस्तो भाडा दरमा उडान गर्ने भारतको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी स्पाइस जेटले पाँच वर्षपछि पुनः नेपाल उडान गर्ने भएको छ ।
स्पाइस जेटले २७ वैशाख २०८२ (१० मे २०२५) देखि नेपालका लागि दैनिक एक उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।
स्पाइस जेटको नेपालका लागि ‘जनरल सेल्स एजेन्ट’ (जीएसए) मा हिमालयन ग्लोबल ट्राभल सर्भिसेस प्रालि नियुक्त भइसकेको छ ।