१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

अ+ अ-

काठमाडौँ । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ। ९७ वर्षको उमेरमा बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा शनिबार बिहान उनले अन्तिम सास लिएका हुन्।

मुटु र फोक्सोसम्बन्धी समस्याका कारण केही समयदेखि अस्पतालमा उपचाररत रहेकामा स्वास्थ्य निरन्तर कमजोर बन्दै गएपछि उनको निधन भएको हो। रिसालका भाइ पुरु रिसालका अनुसार पछिल्ला दिनमा उनको अवस्था जटिल बन्दै गइरहेको थियो।

वि.सं. १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा जन्मिएका रिसाल नेपाली पत्रकारिता र समाजसेवामा समर्पित नाम हो। पत्रकारिता, साहित्य, मानवअधिकार र वातावरण संरक्षणका क्षेत्रमा उनले पुर्‍याएको योगदान उल्लेखनीय छ।

रिसालले राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताका रूपमा कार्य गरेका थिए। पत्रकारिता सुरु गर्नु अघिसम्म उनले तथ्याङ्क विभागमा सेवा गरेका थिए। रेडियो सगरमाथामा लामो समयसम्म प्रसारण भएको लोकप्रिय शृङ्खला ‘उहिले बाजेका पालामा’ उनको आवाजमा प्रस्तुत हुने गर्थ्यो।

साहित्यिक सिर्जनामा पनि उत्तिकै सक्रिय रहँदै उनले ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ र ‘भैरव दाइ’ लगायतका कृतिहरू प्रकाशित गरेका छन्।

वामपन्थी विचारधारामा विश्वास राख्ने रिसाल वि.सं. २०४८ को संसदीय निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट भक्तपुरबाट उम्मेदवार बनेका थिए।

मानवअधिकार, पत्रकारिता र वातावरण संरक्षणमा पुर्‍याएको योगदानको कदर स्वरूप उनलाई जगदम्बा श्री, मानवअधिकार पुरस्कार र वातावरण संरक्षण पुरस्कारजस्ता प्रतिष्ठित सम्मानहरू प्रदान गरिएको थियो।

जीवनको उत्तरार्धमा उनले मृत्युपछि आफ्नै शरीर अध्ययनका लागि पाटन अस्पताललाई दान गर्ने घोषणा गरेका थिए । उनको समाजप्रतिको सेवा भावको यो एउटा विलक्षण उदाहरण थियो।

स्व. रिसालका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

नेपालको पत्रकारिता क्षेत्रले एक जुझारु, समर्पित र प्रेरणादायी व्यक्तित्व गुमाएको छ। राससको सहयोगमा 

प्रतिक्रिया दिनुहोस