२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गभर्नर नियुक्तिमा सरकार बिचौलिया खुसी पार्नतिर लागे असन्तुष्टि झन् बढ्छ’ : गगन थापा 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्र बैंकको गभर्नर नियुक्ति कत्तिको स्वतन्त्र रूपमा हुन्छ भन्ने कुरा चासोको विषय भएको बताएका छन्।

आइतबार दाङको तुलसीपुरमा नेपाल थारू संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले गभर्नर नियुक्तिको विषयमा बिचौलिया हाबी भएमा वा सरकार बिचौलियालाई खुसी पार्ने निर्णयमा पुगेमा सरकारप्रति असन्तुष्टि थप बढेर जाने चिन्ता जाहेर गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरिरहेको काम चित्त बुझ्दो नहुँदा खासगरी तन्नेरीहरू बढी रिसाएको पनि उनले बताएका छन्।

‘सत्यबाट भागेर हुँदैन। राज्यले सामना गर्नुपर्छ। यसका लागि व्यवस्था होइन, अवस्था बदल्न जरुरी छ, ‘उनले भने, ‘अब आचरण बदल्न जरुरी छ। शासन गर्ने मानिसमा आँट चाहिएको छ। जिम्मा लिएको मानिसले ढंगका साथ ढुक्क बनाउनु पर्ने समय आएको छ।’

उनले सबभन्दा ठूलो असन्तुष्टि कुशासन र भ्रष्टाचारसँग जोडिएको बताए। सरकारले गर्ने निर्णयबाट कुनै व्यक्ति वा समूहले लाभ लिन नपाओस् भन्दै उनले बरु आम मानिसले लाभ पाउने अवस्था बनोस् भन्ने कुरा नै आम नागरिकले खोजिरहेको बताए।

आफूले मन्त्री वा प्रधानमन्त्रीलाई यही कुरा सम्झाउँदै आइरहे पनि त्यस अनुरूप नहुँदा असन्तुष्टि चुलिएको उनको तर्क थियो।

‘दिनमा पाँच पटक म भ्रष्टाचार हुन दिन्नँ भनेर केही हुने होइन, ’ थापाले भने।

सरकारको निर्णयबारे पछिल्लो समय काठमाडौँमा शिक्षकहरूको आन्दोलन भइरहेको भन्दै उनले असन्तुष्ट नागरिकमा थप असन्तुष्टि बढ्ने गरी निर्णय नगर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस