काठमाडौँ । लार्के पास गर्न मनास्लु क्षेत्र पुगेका एक बेलायती नागरिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेलायतका नागरिक ६१ वर्षीय थोम्सन आयन रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रहरीका अनुसार लार्के पास गर्ने क्रममा आइतबार बिहान करिब १० बजे चुमनुव्री गाउँपालिका–१ लार्केमा उनी एक्कासी ढलेको र सोही स्थानमा उनको मृत्यु भएको हो ।
मौसम अनुकूल भएसँगै हेली उडान हुने र घटनास्थल पुगेर थप अनुसन्धान प्रक्रिया अघि बढाउने प्रहरीले बताएको छ ।
घटना भएको स्थान पुग्न धर्मशाला (लार्के पासको रुटको अन्तिम बस्ती)बाट ३ घण्टाभन्दा बढी लाग्ने स्थानीयले बताएका छन् ।