काठमाडौँ । नेपाल शिक्षक महासंघले चौथो चरणको आन्दोलन घोषणा गरेको छ ।
यही चैत २० गतेदेखि काठमाडौँमा सडक आन्दोलन गरिरहेको महासंघले सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरिएको महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
आन्दोलन अवधिभरि उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, शैक्षिक भ्रमणजस्ता कुनै पनि कार्यमा संलग्न नहुन उनले आग्रह गरेका छन् छन् ।
महासंघको अगुवाइमा विद्यालय शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै आन्दोलन भइरहेको छ । महासंघ अध्यक्ष सुवेदीले विगतमा भएका सहमतिअनुसार विधेयक जारी गर्नुपर्ने र सो नभएसम्म आन्दोलनमै रहने बताए । उनले अध्यादेशबाट भए पनि विगतमा गरिएका सहमतिअनुसार विधेयक जारी गर्नुपर्ने माग गरेका छन् ।