काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ हाजिर गर्न पुगे लगत्तै भएको तनावकाबीच अहिले बैठक सुरु भएको छ ।
उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा अहिले बैठक बसिरहेको हो ।
गुरागाईँलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोड्ने प्रयास गरेका थिए ।
सम्बन्धित समाचार : प्रशासकीय अधिकृतलाई रोक्ने नगर प्रहरीको प्रयास असफल, कर्मचारी र जनप्रतिनिधिले गराए कार्यालय प्रवेश
बिहीबार हाजिर गर्न पुगेका उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो ।
तर, कर्मचारीहरूले उनलाई रोक्न नदिँदै र्काकक्षसम्म पुर्याएका छन् ।
सम्बन्धित समाचार : प्रशासकीय अधिकृतको कार्यकक्षको ताला फुटाउने प्रयास, ढोकाको सिसा फुट्यो