धनकुटा । साँगुरीगढी गाउँपालिका-६ कामछेकस्थित भेडेटार रविराँके सडकबाट अवैध लागूऔषध गाँजा करिब ३ सय किलो ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ विराटनगर महानगरपालिका-१५ बस्ने २६ वर्षीय प्रिन्स कुमार साहलाई मंगलबार राति इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो
प्रहरीका अनुसार को.१ च ३४७८ नम्बरको कारलाई जाँच गर्ने क्रममा ३० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला परेका थिए ।
अहिले फरार कार चालकको खोजी गर्नुका साथै हाल पक्राउ परेका साहलाई आवश्यक कारवाही तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।