१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१६ जिल्लाका कृषि प्राविधिक मुस्ताङमा

अ+ अ-

मुस्ताङ । घरपझोङ गाउँपालिका-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले १६ जिल्लाका कृषि प्राविधिकलाई फलफूल तथा सागसब्जी खेतीसम्बन्धी तालिम दिइरहेको छ । संघ, प्रदेश र स्थानीय तहका नायब प्राविधिक सहायक र प्राविधिक सहायकलाई लक्षित गरी केन्द्रले आइतबारदेखि तीन दिने ‘गुणस्तरीय बिरुवा उत्पादन तथा नर्सरी व्यवस्थापन’ विषयक सैद्धान्तिक तथा व्यावहारिक अभ्यास तालिम आयोजना गरिएको हो ।

शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले मुस्ताङमा विभिन्न जिल्लाका कृषि प्राविधिक तथा किसानलाई यस प्रकारको तालिम अभ्यास बर्सेनि सञ्चालन गर्दै आएको छ । फलफूल तथा तरकारीका गुणस्तरीय बिरुवा तथा बीउ उत्पादन गर्न कृषि प्राविधिकलाई यस प्रकारको तालिम अभ्यास सञ्चालन हुने गरेको केन्द्रका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए।  

केन्द्रले शीतोष्ण फलफूल तथा तरकारीमा गरिने प्रसारणका विविध विधि तथा प्रविधि अवलोकन गराउनेलगायत तालिम प्रशिक्षण गराउने गरेको छ । गुणस्तरीय बिरुवा उत्पादनका लागि माउबोट तथा रुटस्टक बिरुवाको व्यवस्थापन तथा नर्सरी स्थापना र व्यवस्थापनलगातयत विषयमा कृषि प्राविधिकलाई व्यावहारिक रूपमा सिकाइने गरिएको प्रमुख आत्रेयले बताए ।

तालिममा १६ जिल्लाका १८ कृषि प्राविधिकले सहभागिता जनाएका छन् । तालिममा पाल्पा र गुल्मीबाट दुई–दुई जनाको कृषि प्राविधिकको प्रतिनिधित्व छ । यसैगरी बाँके, काभ्रे, धनकुटा, मोरङ, झापा, पर्वत, मनाङ, ललितपुर, मुगु, पश्चिमनवलपरासी, चितवन, धादिङ, स्याङ्जा, सुनसरी र जाजरकोटबाट समान एक–एक कृषि प्राविधिकको सहभागिता रहेको प्रमुख आत्रेयले जानकारी दिए । तालिम केन्द्रका प्राविधिक सहायक लक्ष्मण बुढाले संयोजन गरेका छन् । 

तीन दिने ‘गुणस्तरीय बिरुवा उत्पादन तथा नर्सरी व्यवस्थापन’ विषयक सैद्धान्तिक तथा व्यावहारिक अभ्यास तालिममा सहभागी कृषि प्राविधिकलाई सैद्धान्तिकभन्दा बढी व्यावहारिक अभ्यासमा केन्द्रित गरी कार्यक्रम आयोजना गरिएको हो । 

उनीहरूलाई बढीभन्दा बढी मात्रामा सहज रूपमा सिकाउने गरी बगैँचा तथा नर्सरीमा नै लगेर फिल्ड तालिम भइरहेको प्रमुख आत्रेयले बताए। केन्द्रले तालिमका  लागि अनलाइनमार्फत दरखास्त आह्वान गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस