१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चारकर्मीमाथिको आक्रमण निन्दनीय : मुख्यमन्त्री पाण्डे

अ+ अ-

लेखनाथ (कास्की) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आन्दोलनका नाममा सञ्चारकर्मी र मिडियामाथिको आक्रमण निन्दनीय भएको बताएका छन् । 

पत्रकार सुरेश रजकको मृत्युको विषयलाई लिएर पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलद्वारा आज  पोखरामा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले आन्दोलन र जनसभाका नाममा भएको अराजक गतिविधिका कारण पत्रकार रजकसहित अर्का एक युवाको ज्यान जानु अत्यन्तै दुःखद भएको बताउँदै उक्त हत्यामा संलग्नलाई पक्राउ गरी छिटोभन्दा छिटो कानुनी दायरामा ल्याउने आश्वासन दिए । 

‘नेपालको संविधानले शान्तिपूर्ण रूपमा जनसभा र जुलुस गरी आफ्ना माग राख्न पाउने अधिकार दिएको छ, तर अराजक गतिविधिद्वारा जनधनको क्षति गर्ने गरी यस्ता गतिविधि गर्न कुसैलाई छुट छैन”, उनले भने, “चैत १५ गते काठमाडौँको तीनकुनेमा घटाइएको उक्त घटना निन्दनीय छ ।”

निरङ्कुश राजतन्त्रको बेला जनतामा सचेतना जगाउन नेपालको मिडिया क्षेत्रले महत्त्वपूर्ण योगदान गरेको बताउँदै उनले महासंघले बुझाएको ध्यानाकर्षण पत्र आफूले संघ सरकारसम्म पुर्‍याइदिने प्रतिबद्धता व्यक्त गरे । सञ्चारकर्मीले संविधान र गणतन्त्रको सुरक्षामा सक्रिय रूपमा कलम चलाउँदै आएको बताउँदै उनले स्वतन्त्र पत्रकारिताको लागि प्रदेश सरकारको सधैँ सहयोग रहने बताए । 

ध्यानाकर्षण पत्रमा ज्यान गुमाएको पत्रकार रजकको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्नलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उल्लेख गरे । त्यस्तै  घाइते पत्रकारको उपचारमासमेत सरकारले सहयोग गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस