काठमाडौँ । समाजवादी मोर्चाको बैठक जारी छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बसेको हो ।
संविधान, गणतन्त्र र संघीयताविरूद्ध राजावादी शक्तिहरू चलमलाएको भन्दै यसको रक्षा र प्रवर्द्धनबारे बैठकमा छलफल भइरहेको छ।
बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका अध्यक्ष विप्लव र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत चार दलका अन्य नेताहरू पनि सहभागी छन् ।