काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले लोकतन्त्रको विरुद्धमा भइरहेको गतिविधिबारे सजग हुनुपर्ने बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले लोकतन्त्रको विकल्पमा निरंकुशवादी शक्ति र राजतन्त्रवादी शक्तिहरू आउन नसक्ने भए पनि लोकतन्त्रको विरुद्धमा भइरहेको गतिविधिबारे सजग हुनुपर्ने बताएका हुन्।
संविधान जारी हुँदाको बेलामा आफूले थुप्रै विमति राखेको बताउँदै उनले अब यसलाई संशोधन गरेर जानुपर्ने बताए। भट्टराईले अबको विकल्प जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपति, मुख्यमन्त्री र संघ र प्रदेशमा पूर्ण समानुपातिक संसदीय व्यवस्था हुनुपर्ने बताए।
नदीको प्रवाह कहिले पनि पछाडि नफर्किए जस्तै एक पटक विधिवत् रूपमा बिदा भइसकेको राजतन्त्र पुनर्स्थापना हुन नसक्ने उनले बताए।