१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुरमा फाइलको झन्झट अन्त्य: एकद्वार सेवाले ल्यायो सहजता

अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिकामा सेवाग्राहीले फाइल बोकेर कार्यालयका विभिन्न कोठा धाउने बाध्यता अन्त्य भएको छ। महानगरले सञ्चालन गरेको एकद्वार सेवा केन्द्रले सेवाग्राहीको झन्झट हटाएको छ।

अब फाइल बुझाएपछि त्यसको स्थिति मोबाइलमा सन्देशमार्फत जानकारी प्राप्त हुने भएकाले समयको बचत हुनुका साथै अनिश्चितता र दौडधुपबाट पनि मुक्ति मिलेको सेवाग्राहीहरू बताउँछन्।

महानगरले फाइल अनलाइन दर्ता गरेपछि सिस्टमले सम्बन्धित निकायलाई जानकारी पठाउँछ। निवेदन कुन चरणमा छ भन्ने स्पष्ट जानकारी सेवाग्राहीलाई प्राप्त हुने भएकाले उनीहरू ढुक्क हुन सक्छन्। तत्कालै काम सकिने भए केही समय बस्न अनुरोध गरिन्छ, भने प्रक्रिया लामो हुने अवस्थामा सन्देशअनुसार पुनः आउन भनिन्छ। साथै, आवश्यक कागजात अपलोड गर्ने सुविधा पनि अनलाइनमै उपलब्ध छ।

यो सेवा सुरु भएको तीन महिनामा ४,६०० भन्दा बढी सेवाग्राहीले लाभ लिइसकेका छन्। यसले सेवाग्राहीलाई मात्र होइन, कार्यालयका कर्मचारीलाई पनि सहज बनाएको छ। कोठा-कोठामा भिडभाड कम हुँदा कर्मचारीलाई कार्यसम्पादनमा सहजता मिलेको छ।

भुक्तानी प्रक्रिया पनि अनलाइनमार्फतै बैंक खातामा पठाइने भएकाले सेवा सहज हुनुका साथै पारदर्शिता पनि कायम भएको महानगरको दाबी छ। फाइल कारबाहीका सबै विवरण सिस्टममै देखिने भएकाले प्रक्रिया प्रभावकारी बनेको महानगरले जनाएको छ।

यसबाहेक, महानगरले फोहोर संकलनमा पनि एप्सको प्रयोग थालेको छ, जसले फोहोर उठाउने गाडीको लोकेसनसमेत देखाउने सुविधा उपलब्ध गराउँछ।

ललितपुर महानगरको नेतृत्व चिरीबाबु महर्जनले सम्हालेका छन् भने प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सहसचिव रेखा दास श्रेष्ठले कुशलतापूर्वक निर्वाह गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस