१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपप्रधानमन्त्री सिंहले भने-‘संविधान सभाबाट बनेको संविधानको विकल्प छैन’

अ+ अ-

काठमाडौँ। उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधान सभाबाट बनेको अहिलेको संविधानको विकल्प नभएको बताएका छन् । 

बनेपा नगरपालिकाको ४४औँ  स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको अहिले विकल्प नभएको बताए ।

‘‘संविधान जारी भएपछि अभ्यासका क्रममा केही कमीकमजोरी छन् भने विधि र प्रक्रियाबाट संशोधन गर्नेबाहेक अरू विकल्प छैन,’’ उपप्रधानमन्त्री सिंहले भने। उनले जस्तो चुनौती आए पनि संविधानको बाटोबाट समाधान खोज्नुपर्नेमा जोड दिँदै कसैले केही भन्दैमा डगमाउने कुरा नभएको बताए । अहिलेको परिवर्तन उसै प्राप्त नभएको भन्दै उनले जनताको संघर्षबाट प्राप्त उपलब्धि सुरक्षित गर्न संवेदनशील हुनु नै सबैको हितमा हुने बताए ।

उपप्रधानमन्त्री सिंहले नागरिकको जीवन र जीविकोपार्जन सहज होस् भन्ने जनचाहना पूरा गर्नेतर्फ सरकार लागेको पनि बताए । उनले अहिले केही पनि भएन भन्ने गलत भाष्य बनाइएको भन्दै यथार्थ त्यस्तो नभएको बताए । 

‘‘भएको कुरालाई भएको भन्ने बानी गरौँ । नभएको, गर्न बाँकी काम पूरा गर्नतिर लागौँ,’’ उनले भने, ‘‘विकास निर्माणको काम राम्रो भएर मात्र हुँदैन, जनप्रतिनिधिले बुझ्ने तर जनताले नबुझ्दा पनि समस्या देखिएको छ । विकास निर्माणको काममा सुरूदेखिनै जनतालाई सहभागिता गराउनुपर्छ । जनता र जनप्रतिनिधिसँगै मिलेर काम गर्दा असम्भव ठानिएको कुरा पनि सम्भव छ ।’’

कार्यक्रममा बाग्मती प्रदेशका सांसद कञ्चनचन्द्र बादे, तीर्थ लामा, काठमाडौँ विश्वविद्यालयका उपकुलपति अच्युत वाग्लेलगायतले नगरपालिकालाई स्थापना दिवसको शुभकामना दिँदै बनेपाको विकासमा आफूहरूले सकेको काम गर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस