१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 ८९ वर्षमा पाइन् रंगीले नागरिकता

अ+ अ-

बाजुरा । यहाँको बूढीगंगा नगरपालिका–८ की रंगी नेपालीले ८९ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् । 

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले नेपालीलाई आज नेपाली नागरिकता प्रदान गरे। उनलाई पहिलेदेखि नेपाली नागरिकता दिलाउन प्रयास गरिए पनि कानुनी जटिलताका कारण नसकेको सो वडाका वडाध्यक्ष रमेश रावलले बताए । 

वडाध्यक्ष रावलका अनुसार नेपालीको एक छोरीले विवाह गरेर गएपछि सहाराविहीन बनेकी उनी नागरिकता नहुँदा नगरपालिकाबाट प्राप्त सेवा सुविधाबाट वञ्चित हुनुपरेको थियो । वडाध्यक्ष रावलले ती वृद्धाको आफन्त कोही नभएपछि आफैँले सनाखत गरेर नागरिकता दिलाउन सहयोग गरेको बताए ।

नागरिकता पाएपछि नेपालीले खुसी व्यक्त गरेकी छन् । आफ्नो सबै थोक नाताले भाइ पर्ने रमेश रावल भएको प्रतिक्रिया उनले दिइन् । “वडा अध्यक्षकै कारणले मैले आज नागरिकता पाएँ”, नेपालीले भनिन् । 

उनको श्रीमान् बितेको २२ वर्ष भए पनि हालसम्म कानुनी प्रक्रिया नपुगेपछि नागरिकताबाट वञ्चित भएकी थिइन् । नेपाली नागरिक भएको र स्थायी बसोबास गर्दै आएकी वृद्धालाई कानुनी प्रावधान पुरा गरी आज नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए । 

जिल्लाका दुर्गम बस्तीमा कतिपय नागरिकले समयमै नागरिकता नपाउँदा समस्या झेल्दै आएकाले प्रशासनमा वडाबाट सिफारिस भएर आएका नागरिकलाई कानुनी रूपमा समस्या नआउने गरी नागरिकता दिने गरेको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस