१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराउँदै गाउँपालिका

अ+ अ-

बागमती । मकवानपुरको भिमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका १९७ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ ।

अनौपचारिक क्षेत्रमा काम गरिरहेका श्रमिकलाई स्वास्थ्य उपचारलगायत क्षेत्रमा सहजता होस् भन्ने उद्देश्यका साथ गाउँपालिकाले सामाजिक सुरक्षामा आबद्ध गराउने अभियान सञ्चालन गरेको हो । 

आर्थिक वर्ष २०८०/८१ देखि सुरु भएको अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानअन्तर्गत हालसम्म १९९ जना आबद्ध भइसकेका गाउँपालिकाका अध्यक्ष फिद लामाले जानकारी दिए । उनका अनुसार पछिल्लो पटक गत फागुन २६ गते ९९ जना श्रमिक कोषमा आबद्ध भएका छन् ।

अभियानअन्तर्गत अनौपचारिक क्षेत्रका श्रमिकले तोकिएको मासिक रु १० हजार ८२० पारिश्रमिकबाट ११ प्रतिशत अर्थात् रु एक हजार १९० र गाउँपालिकाले रु एक हजार १४ गरी रु दुई हजार २०४ सामाजिक सुरक्षा कोषमा जम्मा हुनेगरी व्यवस्था मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवरले जानकारी दिए ।  

उनका अनुसार गाउँपालिकाले चालु आर्थिक वर्षमा श्रमिकलाई कोषमा आबद्ध गराउन रु २५ लाख बजेट विनियोजन गरेको छ । गत आवमा रु १३ लाख बजेटबाट श्रमिकलाई कोषमा आबद्ध गराउने कार्यक्रम कार्यान्वयन गरिएको प्रमुख प्रशासकीय अधिकृत कुँवरले बताए । 

सामाजिक सुरक्षा योजनामा आबद्ध भएपछि श्रमिकले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्थाको सुरक्षा योजनाबाट लाभान्वित हुने उनले बताए । श्रमिक दम्पती र कोषमा आबद्ध भएका परिवारका १८ वर्षमुनिका बालबालिका पनि विभिन्न योजनामा सहभागी भई उल्लेख सुविधा प्राप्त गर्ने उनले जानकारी दिए ।

यसैबीच, भिमफेदी गाउँपालिकाले सञ्चालन गरेको अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराउने योजनाको प्रक्रिया र अवस्थाबारे केही दिनअघि काठमाडौँ महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, माडी नगरपालिका, शंकरापुर नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको टोलीले अध्ययन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस