१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किन रमाना लिएनन् सहसचिवद्वय भट्टराई र पौडेलले ?

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएका दुई सहसचिव नन्दलाल पौडेल र श्रीप्रसाद भट्टराईले हालसम्म रमाना लिएका छैनन्। राष्ट्रिय परीक्षा बोर्ड कक्षा १०, सानोठिमीका नियन्त्रक पौडेल र शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख भट्टराईले चलिरहेको परीक्षा र जिम्मेवारीका कारण रमाना लिन ढिलाइ भएको बताएका छन्। यद्यपि, सरुवाको पत्र नआएको र परीक्षा सकिएपछि रमाना लिने उनीहरूको भनाइ छ।

राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक नन्दलाल पौडेलले आफू माघ १२ गते शिक्षा मन्त्रालयबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको र त्यसको डेढ हप्तापछि निजामती किताबखानामा पठाइएको जानकारी प्राप्त भएको बताए। तर, उनले माघ ३० गतेदेखि फागुन २५ गतेसम्म जनक शिक्षाको सुरक्षण मुद्रणमा गोप्य रूपमा प्रश्न पत्र छपाइमा खटिएको र त्यहाँ मोबाइलसमेत चलाउन नपाइने भएकाले सरुवाबारे जानकारी नपाएको बताए।

“म फागुन २५ गते त्यहाँबाट निस्कँदा शिक्षा मन्त्रालयबाट सामान्य र सामान्यबाट किताबखानामा पोष्टिङ भइसकेको थाहा भयो,” पौडेलले भने, “प्रश्न पत्र बनाउने नियन्त्रकले परीक्षा सञ्चालन गर्नुपर्ने नियम छ। मैले प्रश्न पत्र बनाइसकेपछि परीक्षा चलाउनुपर्छ। त्यसबारे जानकारी गराउन संघीय मामिला तथा सामान्य प्रशासनका सचिव रविलाल पन्थकहाँ गएँ र परीक्षा सञ्चालनपछि रमाना लिन्छु भनेर अनुमतिमा काम गरिरहेको छु।”

उनले अहिलेसम्म कुनै मन्त्रालय ९शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय० बाट औपचारिक पत्र नआएको र पत्र आएपछि २१ दिनभित्र रमाना लिनु आफ्नो दायित्व रहेको बताए। “परीक्षा पनि त्यसैभित्र सकिन्छ, म पनि रमाना लिन्छु,” उनले थपे।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले पनि पौडेलको सरुवा परीक्षाको बीचमा गर्न नहुने बताए। “नियन्त्रकले प्रश्न पत्र छाप्न भित्र पसेको कर्मचारीलाई सरुवा गर्नै हुँदैन। सचिवसँग सल्लाह गरेर परीक्षा सकिएपछि रमाना लिने भनेर उहाँ बसिरहनुभएको छ,” शर्माले भने।

शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख भट्टराईले पनि आफूलाई सरुवाको पत्र नआएको बताउँदै शिक्षा मन्त्रालयको सम्पर्कमा रहेर परीक्षाको जिम्मेवारी सम्हालिरहेको बताए। उनले चलिरहेको परीक्षाका कारण रमाना नलिएको स्पष्ट पारे। “परीक्षा चलिरहेको छ। मन्त्रालयको सम्पर्कमा रहेर रमाना नलिनु भन्ने जानकारी लिएर बसिरहेको छु। मलाई पत्र आएको छैन,” उनले भने।

आयोगका अध्यक्ष मधु प्रसाद रेग्मीले भट्टराईको सरुवा स्थगित भएको सुनेको बताए। “उहाँको सरुवा स्थगित भयो भन्ने सुनेको छु। सरुवाको पत्र आएको छैन,” उनले भने।

पौडेलको हकमा एसइईको प्रश्न पत्र र परीक्षामा संलग्न रहेकोले परीक्षा सकेपछि जाने सर्तमा सहमति भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले बताए। साथै, भट्टराईको हकमा शिक्षक सेवा आयोगका अध्यक्ष मधु प्रसाद रेग्मीले परीक्षाको अन्तर्वार्तालगायत काममा संलग्न रहेकोले तत्काल सरुवा नगर्न भनेको तर सहसचिवको सरुवा मन्त्रिपरिषद्ले गर्ने भएकाले एक पटक मुख्य सचिवलाई सोध्न भनेको बताए। “त्यसपछि उहाँको के कुरा भयो, त्यसबारे जानकारी छैन,” सचिव पन्थले भने।

प्रशासन डटकमले सरुवा भएर पनि रमाना नलिने र नदिने विषयमा निरन्तर समाचार प्रकाशन गर्दै गर्दा सहसचिवद्वय भट्टराई र पौडेलले पनि रमाना नलिई बसेको बारे जानकारी आएको थियो । कुरियरबाट प्रशासनलाई प्राप्त जानकारीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बोधार्थ दिइएको छ । 

सरुवामा बेथिति, जहिल्यै आलोचना
पछिल्लो समय सरुवा प्रक्रिया निकै पेचिलो बन्दै गएको छ। सरुवा भएका कर्मचारीले मन नलागे रमाना नलिई सरुवा बदर गराउनतिर लाग्ने प्रवृत्ति बढ्दै गएको छ, जुन आलोचनाको विषय बनेको छ। भट्टराई र पौडेलको हकमा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित कर्मचारीको जिम्मेवारी नबुझी सरुवा गरेको देखिन्छ। यद्यपि, अवधि पुगेको अवस्थामा जिम्मेवारी सकेपछि रमाना लिएर पठाउने विषयमा दुई मत छैन।

प्रतिक्रिया दिनुहोस