१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कपको फाइनलमा पुलिस र आर्मी भिड्ने

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुने भएको छ ।

भैरहवाको‌ सिद्धार्थ क्रिकेट मैदानमा बुधबार भएको आफ्नो लिग चरणको खेलमा एपिएफले कोशी प्रदेशलाई दुई विकेटले हराएसँगै फाइनल पुग्ने टोलीको टुंगो लागेको हो । १० टोली सहभागी प्रतियोगितामा पुलिस पहिलो र आर्मी दोस्रो बन्दै फाइनलमा पुगेको छ ।

एपिएफ तेस्रो भएको छ । पुलिस र आर्मीबिच लिग चरणको एक खेल खेल्न बाँकी छ । यी दुई टोलीबिच उपाधिका लागि अर्को भिडन्त हुनेछ । जितका लागि कोशीले दिएको दुई सय ५५ रनको लक्ष्य पछ्याएको एपिएफले ४४.४ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।

एपिएफका लागि लोकेश बमले अविजित ८४ रन बनाए । यस्तै कप्तान रोहितकुमार पौडेलले ६१, दीपक बोहराले ३६, सन्दीप जोराले ३०, इर्सद अहमदले अविजित १६ र अभिषेक गौतमले १४ रन जोडे । लोकेश बम प्लेयर अफ दी म्याच भए । 

बलिङमा कोशीका फिरदोस अन्सारी र दिपेश कँडेलले तीन तीन विकेट लिए । ज्ञानेन्द्र श्रेष्ठ र भुपाल लुइँटेलले एक एक विकेट झार्नुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको कोशीले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय ५४ रन बनाएको थियो ।

कोशीका लागि शकिब हकले सर्वाधिक ६८ रन बनाए । यस्तै कप्तान अंकित सुवेदीले ३५, आइस भट्टराईले ३४, सुजन थपलियाले ३३, चिराग साहले २४ र फिरदोस अन्सारीले १२ रन जोडे । 

बलिङमा एपिएफका अभिषेक गौतम र मौसम ढकालले तीन तीन विकेट लिए। रोहितकुमार पौडेलले दुई तथा इर्साद अहमद र अमरसिं राउटेलाले एक एक विकेट लिए । जितसँगै एपिएफले नौ खेलबाट १४ अंक बनायो । अन्तिममा रहेको कोशीले समान खेलबाट एक जित र आठ हारको सामना गर्दै प्रतियोगिता सकेको छ । 

प्रतिक्रिया दिनुहोस