काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पनि सर्वोच्च अदालत पुगेका छन् ।
आफूले सर्वोच्च अदालतमा हालेको रिट निवेदनको विषय छिट्टै टुंग्याइदिन माग गर्दै रिट लिएर सर्वोच्च पुगेको हुन् । उनको रिट पनि दर्ता नभएको अदालतका सूचना अधिकारी एवं सहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिए ।
दिला रिट पुगेको कारण भोली मात्रै शाक्यको रिट दर्ता हुने पाण्डेले बताए ।
उनलाई यसअघिको कार्यकालमा सरकारले पदबाट हटाएर कुलमान घिसिङलाई नियुक्त गरेपछि त्यसको विरुद्धमा उनले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।
तर, उनको अघिल्लो कार्यकालको अवधि नसकियून्जेल चार वर्षसम्म उनको रिटमा सर्वोच्च अदालतले फैसला गरेको थिएन ।
नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि आजै सर्वोच्च अदालत पुगेका थिए । उनको रिट पनि दर्ता भएको छैन ।