काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रागिरि नगरपालिका-६ घर भएका ४१ वर्षीय सुवास थापालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुकेधारबाट सोमबार प्रहरीले पक्राउ गरेको हो ।
सुवासले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख २० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
उनलाई हाल पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।