काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्तिको पत्र नेपाल विद्युत् प्राधिकरणमा दर्ता भएको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार घिसिङलाई पदमुक्त गरिएको पत्र मंगलवार साँझ प्राधिकरणमा दर्ता भएको स्रोतले जानकारी दियो । सो पत्र इमेलमार्फत घिसिङलाई पठाइने पनि मन्त्रालय स्रोतको भनाई छ ।
८ महिनाको रस्साकस्सीपछि मन्त्रिपरिषद्ले सोमबार घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।