काठमाडौँ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा काठमाडौँका नयाँ बानेश्वरमा प्रदर्शन भएको छ ।
नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौँमा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरूले ऊर्जा तथा जलस्रोत मन्त्री दीपक खड्काको पुत्ला दहन समेत गरेका छन् ।