काठमाडौँ । लोक सेवा आयोगले नायब सुब्बा पदको लेखा समूहका चार उम्मेदवारहरूको परीक्षा रद्द गरेको छ । आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गरी लेखा समूहका ती उम्मेदवारहरूको परीक्षा रद्द गरिएको जानकारी दिएको हो ।
लोक सेवा आयोगको सूचना नं. २००९ र २०८१-८२, को माघ ३० गतेको सूचना बमोजिम लेखा समूह बाहेकका लागि मिति फागुन १७ गते सञ्चालन भएको प्रथम चरणको परीक्षामा लोक सेवा आयोग, दिपायल कार्यालयको वि.नं. १५७०१९ १५७०६/२०८१-८२ (खुला तथा समावेशी), रा.प. अनं. प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरह, संयुक्त तथा एकीकृत परीक्षाको लेखा समूहमा मात्र दरखास्त स्वीकृत भएका उम्मेदवारहरू उक्त परीक्षामा सहभागी भएको हुँदा आयोगले ती उम्मेदवारहरूको परीक्षा रद्द गरेको हो ।
लेखा समूहको लागि रिक्त पद बराबर माग नगरिएका कारण अदालतमा मुद्धा परेकाले उक्त सेवाका लागि परीक्षा दिन आएका उम्मेदवारहरूको परीक्षा रद्द गरिएको प्रवक्ता गीताकुमारी होमेगाईले बताइन् ।
हेर्नुहोस् सूचना :
