१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोकुल बास्कोटाको गुनासो-‘मैले धेरै पटक भने, सरकारले सुन्या छैन’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले आफ्नो कुरा सरकारले नसुनेको गुनासो गरेका छन् । बिहीबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् ।

एसइई परीक्षा सुरुआत भएको उल्लेख गर्दै उनले आफ्नो नि मेरो कुरा निर्वाचन क्षेत्रका विद्यार्थीको भने स्कुलमा पुग्दा आँखाभरि धुलो अवस्था रहेको बताए ।

‘कोरीबाटी गरेर विद्यार्थीहरूलाई स्कुल पठाउने कुरा हुन्छ । तर, साँगादेखि धुलिखेलसम्म २४ सै घण्टा धुलो उड्छ । र एसइई परीक्षा दिन जाने विद्यार्थीहरू स्कुल पुग्दा आँखा नदेख्ने स्थिति हुन्छ । उनीहरूले जाँच कसरी दिन्छन् ?’ सरकारलाई बास्कोटाको प्रश्न छ ।

साँगादेखि धुलिखेलसम्मको सडकको विषयमा आफूले पटक-पटक कुरा उठाउँदै आएको उनले बताए । ‘मेरो भनाइ यत्ति छ–सरकारले दुई पटक त्यो निर्माणाधीन बाटोमा पानी हाल्ने काम गरोस् ।’

त्यस क्षेत्रमा गाडी दुर्घटना पनि एकदमै बढेको उनले बताए । ‘गाडी दुर्घटना पनि एकदमै बढिरहेको छ । मैले धेरै पटक भने । सरकारले सुन्या चाहिँ छैन । गाडी ठोक्या ठोक्यै, अघिल्लो गाडीले पछिल्लो देख्दैन । ट्वाक, ट्वाक, ड्याम, ड्याम ठोक्किन्छ । बाइक लड्या लड्यै हुन्छ । सडक विभाग हेर्‍या हेरै हुन्छ’, बास्कोटाले भने ।

गत असोजमा गएको बाढीका कारण भएको समस्याको समाधान हुन नसकेको भनेर उनले सरकारले द्रुत गतिमा काम नगरेको बास्कोटाले बताए ।

एमाले सांसद बास्कोटाले काभ्रेको बेथानचोक गाउँपालिकामा लागेको आगलागीको विषयमा समेत सरकारको ध्यानाकर्षण गरे ।

बेथानचोक गाउँपालिकाको वडा नम्बर ५ र वडा नम्बर ३ मा ३ दिनदेखि आगलागी भइरहेको बास्कोटाले बताए । तर, नियन्त्रणमा सरकारको ध्यान पुग्न बाँकी रहेको भन्दै ध्यानाकर्षण गरे । ‘आगो बस्तीको छेउछाउ आइसकेको छ । र त्यो फैलिएर ६ नम्बर, २ नम्बर, १ नम्बरमा जाँदै छ’, उनले भने

यो क्षेत्र महाभारत रेञ्जकै सबैभन्दा अग्लो नारायणथानको मुनि रहेको उनले बताए । नारायणथान ३ हजार १८ मिटर अग्लो छ । ‘सरकारलाई थाहा छ, सबैलाई थाहा छ । यो साल पान परेन । हिउँ नै कालापथ्थर जस्तो भइसक्यो । त्यो आगलागी नियन्त्रण गर्नुपर्छ नत्र बस्ती जोखिममा हुन्छ भन्ने कुरामा मैले सरकारको ध्यानाकर्षण गर्न चाहेँ’, बास्कोटाले भने ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति यसमा केन्द्रित हुन आवश्यक रहेको र यसले आफ्ना संयन्त्र परिचालन गर्नुपर्ने उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस