१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेश सभाको छैटौँ अधिवेशन अन्त्य गर्न सिफारिस

अ+ अ-

विराटनगर । कोशी प्रदेश सभाको चालु छैटौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुँदैछ । कोशी सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष चालु अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिइन् । 

उनका अनुसार आजको बैठकले ‘कोशी प्रदेश जनस्वास्थ्य नियमावली, २०८१’ लाई स्वीकृति गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्तासमेत रहेकी मन्त्री भण्डारीले समस्याग्रस्त सहकारी संस्था तथा संघ व्यवस्थापन समितिको सदस्य–सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरिएको बताइन् । उनका अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कार्यालयका लागि रु एक करोड २८ लाख ६० हजार रकम बाँडफाँट गर्न स्वीकृति प्रदान गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानका लागि अनुमानित सीमा रु एक अर्ब ५० करोड तथा राजस्व बाँडफाँटको अनुमानित सीमा रु एक अर्ब १० करोड स्वीकृत गर्ने निर्णय गरेको छ । 

साथै उच्च तथा जिल्ला अदालत सुदृढीकरणका लागि रु एक करोड ५० लाख बाँटफाँड गर्न स्वीकृत प्रदान गरेको मन्त्री भण्डारीले जानकारी दिइन् । राजनीतिक तथा प्रशासन समितिबाट परिमार्जित ‘आर्थिक मामिला तथा योजना मन्त्रालय र मातहतका कार्यालयको सङ्गठन संरचना तथा दरबन्दी तेरिज, २०८१’ पनि आजकै बैठकले स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस