२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार करोड खर्च गरेर बनाइएको केन्द्र प्रयोगविहीन

अ+ अ-

तनहुँ । जिल्लाको व्यास नगरपालिका-१३ स्थित सुडेको पुल नजिक निर्माण गरिएको मलमूत्र व्यवस्थापन केन्द्र सात वर्षदेखि प्रयोगविहीन छ ।

शौचालयबाट निस्किएको मलमूत्रलाई ‘ट्रिटमेन्ट’ गरी मलका रूपमा प्रयोग गर्ने उद्देश्यले बि.सं. २०७४ मा निर्माण गरिएको सो केन्द्र प्रयोगविहीन भएको हो । तत्कालीन साना सहरी तथा खानेपानी आयोजनाले सरसफाइ कार्यक्रमअन्तर्गत रु. १२ करोड विनियोजन गरेको थियो । जसमा दमौली बजार क्षेत्रमा आठ किलोमिटर पक्की नाला निर्माण, फोहर व्यवस्थापनका लागि व्यास नगरपालिकालाई एक थान टिपर, सार्वजनिक शौचालय निर्माण र मलमूत्र व्यवस्थापन रहेको थियो । 

उक्त मलमूत्र व्यवस्थापनका लागि मात्रै करिब चार करोड लगानी भएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका व्यवस्थापक अमर गिरीले जानकारी दिए । नेपाल सरकारको ८५ र १५ प्रतिशत स्थानीय तहको लगानीमा मलमूत्र व्यवस्थापन केन्द्र निर्माण गरिएको हो । निर्माण कम्पनी रमण कन्स्ट्रक्सन प्रालिले निर्माणबापत अझै रु. ८० लाख पाउन बाँकी रहेको जनाएको छ ।

निर्माण सम्पन्न भएपछि व्यास नगरपालिकालाई हस्तान्तरण नगर्दा सो केन्द्र प्रयोगविहीन बन्न पुगेको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । “संघीय सरकारबाट सुरु गरेको योजना त्यही वर्ष सम्पन्न हुनुपर्नेमा अर्को वर्ष मात्रै सम्पन्न भयो, संविधान निर्माण भएपछि कसको जिम्मा रहने भन्ने अन्योलले अलपत्र बन्न पुगेको हो”, उनले भने ।  नगरप्रमुख न्यौपानेले बनेको संरचनालाई प्रयोगमा ल्याउन नगरपालिका गम्भीर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस