१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कप क्रिकेटमा पुलिस, सुदूरपश्चिम र मधेशको जित

अ+ अ-

काठमाडौँ। नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेश प्रदेशले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित निकालेका छन् ।

बुधबार भएका तीन खेलमा पुलिसले गण्डकी, सुदूरपश्चिमले लुम्बिनी र मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेका हुन् ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा पुलिसले गण्डकीलाई ७ विकेटले हरायो । ९३ रनको झिनो लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

पुलिसको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ र अर्जुन साउदले १८ रनको योगदान गरे । बलिङमा गण्डकीका विपिन खत्री र सुवास भण्डारीले समान १-१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकी २३.२ ओभरमा ९२ रन बनाउँदा अलआउट भयो । गण्डकीका अर्जुन कुमालले ४८ तथा रोहित चन्द र सुवास भण्डारीले समान १०/१० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पुलिसका ललित राजवंशीले ५ विकेट हात पारे । उनले ५.२ ओभरमा ७ रन खर्चिए । यसअघि ललितले एपीएफविरुद्ध ६, मधेशविरुद्ध ५ तथा सुदूरपश्चिमविरुद्ध ६ विकेट लिएका थिए । यस्तै गुलशन झाले ४ विकेट लिए ।

बुधबार नै रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेट हरायो । लुम्बिनीले दिएको ११७ रनको लक्ष्य सुदूरपश्चिमले ३१।१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमको जितमा किरणकुमार ठगुन्नाले नटआउट रहँदै सर्वाधिक ४३ रन जोडे । यस्तै नारायण जोशीले अविजित २५ र प्रकाश पाण्डेले २२ रन बनाए । लुम्बिनीका रमेश कुर्मीले २ तथा विप्रशन केसी, अजय चौहान र निर्मल गुरुङले समान १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा ११६ रनमा अलआउट भयो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ४१ र प्रज्ज्वल थापाले ३० रन जोडे पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका हेमन्त धामीले ४ तथा सौय श्रेष्ठ, शेर मल्ल र मिलन बोहराले समान २-२ विकेट लिए ।

यस्तै दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा मधेशले त्रिभुवन आर्मी क्लबमाथि ३ विकेटको जित हात पारेको हो । आर्मीले दिएको २१८ रनको लक्ष्य मधेशले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

मधेशको जितमा कप्तान अनिल साहले सर्वाधिक ४५ रन जोडे । यस्तै रुपेश सिंहले नटआउट ३८, हरिशंकर साह र पवन सरार्फ समान ३७-३७ तथा शैलेन्द्र साहले १५ रन बनाए ।

आर्मीका नरेन साउदले ३ तथा सोमपाल कामी र बसिर अहमदले समान २-२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो ।

आर्मीका लागि भीम सार्कीले सर्वाधिक ८९ रन जोडे । सन्तोष कार्की ३३, कुशल मल्ल २४, विवेक यादव १६, तृतराज दास १४, कप्तान विनोद भण्डारी ११ तथा बसिर अहमद १० रनमा आउट भए ।

मधेशका लागि पवन सरार्फ, कमल गुप्ता र रुपेश सिंहले समान २-२ तथा रञ्जित कुमारले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस