काठमाडौँ । केन्द्रीय क्याम्पसमा कीर्तिपुरको स्ववियु चुनाव रोक्न उच्च अदालतले आदेश दिएको छ ।
नेविसंघका नेता विष्णु बडैलाको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै चुनाव रोक्न आदेश दिएको हो ।
अदालतका न्यायाधीश डालकुमार खड्काको इजलासले चुनाव रोक्न आदेश दिएका हुन् । यसअघि विवाद हुँदा सर्वदलीय सहमतिपछि ८ गते मतदान गर्ने तयारी थियो ।
