२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-कम्बोडिया सिधा हवाई उडान गर्नेबारे छलफल

अ+ अ-

काठमाडौँ । कम्बोडिया भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल र कम्बोडियाबीच धार्मिक पर्यटकीय सञ्जाल निर्माण, सिधा हवाई उडान, बृहत्तर बुद्ध सर्किट निर्माणमा साझेदारीबारे छलफल गरेका छन् ।

कम्बोडियाका पर्यटन मन्त्री हुअट हाक र संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनसँग मंगलबार भएको भेटमा मन्त्री पाण्डेले भेटवार्ता गरेका छन् ।

कम्बोडियाका पर्यटन र संस्कृति तथा धार्मिक मन्त्रालयमा भएको भेटवार्तामा उनले आफू कम्बोडिया उत्रिने बित्तिकै नेपालमा जस्तै सडकका कुना कुनामा गणेश भगवानका मूर्ति दर्शन गर्न पाएको बताए ।

दुई देशबीच साझा तीर्थस्थल वा धार्मिक सञ्जाल निर्माणका लागि भविष्यमा सहकार्य गर्न सकिने विषयमा उनले छलफल गरेका छन् ।

भेटमा भगवान् बुद्धको जन्म नेपालमा भए पनि कम्बोडियामा द्रुत रूपमा बुद्धधर्म विस्तार भएको आफूले पाएको उल्लेख गर्दै नेपाल र कम्बोडियाबीच सिधा हवाई उडान गर्न सके बुद्ध जन्मस्थलमा कम्बोडियाली धार्मिक पर्यटकले सहज भ्रमण गर्न सक्ने बताए ।

भेटवार्तामा मन्त्री पाण्डेले नेपाल र कम्बोडियाको ऐतिहासिक सन्दर्भ र द्विपक्षीय पर्यटन सहयोगको महत्त्व उल्लेख गर्दै कम्बोडिया र नेपालका इतिहास र धर्म एक अर्कासँग गहिरो सम्बन्ध राख्ने बताएका छन् ।

उनले नेपाल र कम्बोडिया युद्ध र संघर्षको अवस्थाबाट गुज्रिएको स्मरण गर्दै कम्बोडियाले द्वन्द्वत्तोर विकासमा गरेको प्रगतिबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताए ।

नेपालका प्रमुख धार्मिक स्थल लुम्बिनी, मुक्तिनाथ र जानकी मन्दिर लगायत र कम्बोडियाको अंकरवाट दुई देशका साझा सम्पदा र तीर्थस्थलका रूपमा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले भने, ‘हाम्रो धार्मिक र सांस्कृतिक परिप्रेक्ष्यले समानता देखाउँछ, र हामीसँग एक समान धार्मिक सहिष्णुता र सद्भाव छ ।’

दुवै पक्षले धार्मिक र सांस्कृतिक पर्यटन साझेदारी वृद्धि गर्ने विषयमा छलफल गरेका थिए । नेपाल र कम्बोडियाबीच सिधा हवाई उडानको सुरुवात हुन सकेको अवस्थामा पर्यटक आवागमनमा ठूलो सुधार गर्न सकिने विषयमा दुवै पक्ष सहमत भएका छन् ।

यसका साथै बृहत्तर बुद्ध सर्किट निर्माणमा साझेदारीको सम्भावनाबारे पनि छलफल भएको छ ।

मन्त्री पाण्डेले कम्बोडियाको एसिया क्षेत्रको सबैभन्दा ठूलो विमानस्थल निर्माणबारे चर्चा गर्दै भने, ‘यस परियोजनाले नेपाल र कम्बोडियाबीचको भौतिक दुरी छोटो बनाउने विश्वास छ ।’

उनले नेपालमा पनि भैरहवा र पोखरामा निर्माण भएका अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने वायुसेवा कम्पनीलाई विशेष सहुलियत सहित व्यवस्थापछि ती सञ्चालनमा आएको प्रसंग उल्लेख गरे ।

कम्बोडियाली पक्षले नेपाललाई धन्यवाद दिँदै लुम्बिनीमा कम्बोडियाको स्तुपा निर्माणका लागि स्थान उपलब्ध गराएकोमा आभार व्यक्त गरेको छ ।

साथै, नेपाल र कम्बोडियाबीच द्विपक्षीय सहयोगका क्षेत्र र कार्यसम्पादन मोडालिटी पहिचानका लागि राजदूत र कर्मचारी स्तरीय टोली गठनको आवश्यकतामा जोड दिएका छन् ।

कम्बोडियाले २०२५ मा ७२ लाख विदेशी पर्यटक आगमनको अपेक्षा गरेको जानकारी दिएको छ । पर्यटन क्षेत्र पुनर्निर्माण र समृद्धिका लागि यूएन टुरिज्मको बृहत्तर छाता अन्तर्गत सहकार्यका लागि कम्बोडिया इच्छुक रहेको जनाइएको छ ।

अन्त्यमा, कम्बोडियाले धार्मिक र सांस्कृतिक सहयोगका लागि नेपालसँग अझ नजिकको सहकार्यमा प्रवेश गर्ने प्रतिबद्धता जनाएको छ । यस भेटघाटले दुवै राष्ट्रबीचको सम्बन्ध अझ मजबुत बनाउन नयाँ दिशा खोल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस