२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेखा समिति बैठक नियमित नबसेकोमा काँग्रेसले जनायो असन्तुष्टि

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक नियमित नबसेकोमा सत्तारुढ दल नेपाली काँग्रेसले असन्तुष्टि जनाएको छ ।

मंगलबार बसेको समितिको बैठकमै काँग्रेस सांसद रामकृष्ण यादवले समितिको बैठक नियमित बस्न नसकेको भनेर सभापति ऋषिकेश पोखरेलको ध्यानाकर्षण गरेका छन् ।

‘समितिको बैठक पर्व र चाड जस्तो भयो । महिनामा एक दिन जस्तो मात्रै बस्दा निराशा छ’, यादवले भने ।

सभापति पोखरेलले उपसमितिको बैठक नियमित बसिरहेको बताए ।

नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले काँग्रेस सांसद यादवको भनाइमा समर्थन जनाए ।

‘११४ वटा उजुरी छ । थानका थान उजुरी छ । एक दिन बिराएर बैठक बस्नुपर्ने हो । तर महिना महिनामा बैठक राख्नुहुन्छ । यसरी हुन्छ ?’ आलेले भने ।

राज्यको सम्पत्ति दुरुपयोग भएकोमा लेखा समितिले चासो राख्नुपर्ने बताए । पोखरा र भैरहवा विमानस्थलको विषयमा समेत अध्ययनबारे छलफल चलाउन पनि सांसद आलेले माग गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले पनि समितिको बैठक संख्या बढाउन आवश्यक रहेको बताए ।

‘समितिको बैठक संख्या बढाउनुपर्‍यो । बैठक बसिरहेको छ भनेर एक्सक्युज गरेर हुँदैन । बैठकको संख्या बढाएर समिति अगाडि जानुपर्‍यो,’ झाले भने ।

प्रतिक्रिया दिनुहोस