काठमाडौँ । प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)को स्ववियु निर्वाचन स्थगित भएको छ। अनेरास्ववियुले तालाबन्दी गरेपछि आरआर क्याम्पसको स्ववियु चुनाव रोकिएको हो।
क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले सोमबार मध्यराति नै तालाबन्दी गरेका थिए ।
मंगलबार (आज) चुनाव तय भएको थियो। चुनाव हुने दिन बिहान क्याम्पसको निर्वाचन समितिले स्ववियू चुनाव स्थगित गरेको बताएको छ।
‘क्याम्पस प्रवेशद्वारमा तालाबन्दी भएकाले प्रतिकुल अवस्था सिर्जना भएकाले सरोकारवाला सम्पूर्ण पक्षसँग छलफल गरी निर्वाचनको अर्को मिति तोक्नेगरी हाललाई निर्वाचन स्थगन गरिएको छ’, क्याम्पसद्वारा प्रकाशित सूचनामा भनिएको छ।








