काठमाडौँ । पद्मकन्या क्याम्पसमा नेपाल विद्यार्थी संघको बागी उम्मेदवारी परेको छ । स्ववियु निर्वाचनका लागि नेविसंघको आधिकारिक उम्मेदवारमा पूर्णिमाया परियारले उम्मेदवार दर्ता गरेकी छन् ।
त्यस्तै स्वतन्त्र समूह बनाए नेविसंघ समर्थित भूपी ऐरले अध्यक्षमा नाम दर्ता गरेकी छन् ।
परियारलाई पार्टी सभापति शेरबहादुर देउवा पक्षको समर्थन छ भने स्वतन्त्र उम्मेदवारी दिएकी एैरलाई महामन्त्री गगन थापा पक्षकी हुन् ।
नेविसंघको आधिकारिक र स्वतन्त्र गरी दुई प्यानल बनेको अध्यक्षको उम्मेदवार परियारले जानकारी गराइन् । दुई पक्ष मिल्ने सम्भावना नरहेको उनले सुनाइन् ।
महामन्त्री थापा पक्षधर एैरले आफ्नो उम्मेदवारी फिर्ता नहुने दाबी गरिन् । उनले भनिन्, ‘कुनै हालतमा मेरो उम्मेदवारी फिर्ता हुँदैन । आधिकारिक म हुँ । उहाँहरूले कसरी पत्र ल्याउनुभयो । थाहा भएन ।’
पूर्णिमाया पक्षधरले तालाबन्दी गरेकाले आज मात्रै उम्मेदवारी दर्ता भएको छ ।
आठ विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गरेका छन् । तालाबन्दीका कारणले पद्मा कन्यामा स्ववियु निर्वाचन दुई दिन पछि (७ चैत)का लागि सरेको छ ।