१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उखु अभावले ‘क्रसिङ’ लक्ष्य हासिल भएन, उद्योग एक महिनाअघि नै बन्द

अ+ अ-

महोत्तरी । महोत्तरीको गौशाला-१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिजले यसपालि उखु अभावले लक्ष्यअनुसार ‘क्रसिङ’ (उखु पेलेर चिनी बनाउने कार्य) गर्न सकेन । यसै कारण चैत मसान्तसम्म सञ्चालन हुनुपर्ने उद्योग उखुकै अभावमा फागुन मसान्तमै बन्द गर्नु परेको छ ।

गत मङ्सिर २६ गते उखु क्रसिङ सुरु गरेको उद्योगले बिहीबार उखु नपुगेपछि यसपालिको क्रसिङ रोक्नुपरेको जनाएको छ । उद्योगले यसपालि लक्ष्यभन्दा चार लाख क्विन्टल कम उखु क्रसिङ गरेको महाप्रबन्धक सुरेन्द्र शुक्लाले बताए । “हामीले यसपालि ९२ दिनमै क्रसिङ बन्द गर्नु पर्‍यो, उखु नै नभएपछि यसपालिको क्रसिङ लक्ष्य प्राप्त गर्न सकिएन”, उनले भने ।  

शुक्लाका अनुसार उद्योग सञ्चालनका ९२ दिनमा छ दिन उखु अभावले क्रसिङ रोक्नुपरेको र २५ दिन क्षमता घटाएर क्रसिङ गर्नुपरेको थियो । यसपालि उद्योगले कम्तीमा ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य निर्धारण गरे पनि ३१ लाख तीन हजार ५१ क्विन्टल मात्र क्रसिङ गरिएको उनले गुनासो गरे । यस पटक तीन लाख १५ हजार क्विन्टल चिनी उत्पादन गर्ने लक्ष्य पनि उखु अभावले पूरा हुन नसकेको उद्योग प्रशासनले जनाएको छ ।

यसैबीच उद्योगले फागुन २५ सम्म किसानबाट ल्याइएको उखुको भुक्तानी दिइसकेको जनाएको छ । यस अवधिमा पाँच दिन पहिलेसम्मको ३० लाख ८० हजार क्विन्टल उखुको रु. एक अर्ब ७० करोड ५७ हजार भुक्तानी दिइसकिएको महाप्रबन्धक शुक्लाले जानकारी दिए । यसपालि चिनी उत्पादनको परिणाम यकिन गर्न भने अझै केही दिन लाग्ने उद्योगले जनाएको छ 

पछिल्ला तीन वर्षयता उद्योगले भुक्तानी प्रक्रिया क्रमशः सरल बनाउँदै लगेर यसपालि प्रत्येक पाँच दिनमा उखुको भुक्तानी किसानको खातामा चुक्ता गरेको छ । भुक्तानी प्रक्रिया सरलीकृत भए पनि उचित मूल्य नपाएपछि उखु किसान निराश भएका र यसले गर्दा उत्पादन घट्दा फागुनमै उद्योगले उखु अभाव खेप्नुपरेको उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाको भनाइ छ ।

किसानले उखुको प्रतिक्विन्टल रु. ७५० पाउनुपर्ने माग राख्दै आएका थिए तर सरकारले गत वर्षको मूल्यमा प्रतिक्विन्टल रु. २० मात्र बढाएर ५८५ कायम गरेको छ । उद्योगीले दिने मूल्यबाहेक सरकारले रु. ७० अनुदान दिने व्यवस्था गरेको छ । यसअनुसार किसानले उखुको मूल्य प्रतिक्विन्टल रु. ६५५ पाउनेछन् । 

यस वर्ष उद्योगले लक्ष्यअनुसार उखु क्रसिङ हुन नसके पनि गत वर्षभन्दा दुई लाख क्विन्टलभन्दा बढी क्रसिङ गरेको छ । गत वर्ष (२०८०/८१) को  ‘सिजन’ मा २९ लाख चार हजार ५११ क्विन्टल उखु क्रसिङ गरी दुई लाख ६१ हजार ४०६ क्विन्टल चिनी उत्पादन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस