२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनाङका ९० किशोरीले लगाए एचपिभी खोप

अ+ अ-

मनाङ । हिमाली जिल्ला मनाङका ९० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ । फागुन १८ देखि जिल्लामा खोप अभियान सञ्चालन गरिएको हो ।

जिल्लाका खोपका लागि पहिचान गरिएका एक सय नौ किशोरीमध्ये ९० किशोरीलाई लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालयका खोप अधिकृत राजेन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार २१ किशोरीले भने जिल्ला बाहिर नै खोप लगाएका छन् । 

जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको उनले बताए । खोप अधिकृत श्रेष्ठले भने, “जिल्लाभित्रका किशोरीलाई जिल्लामा तोकिएका केन्द्रबाट खोप लगाइयो भने बाहिर रहेका किशोरीले बाहिरी जिल्लाकै खोप केन्द्रबाट खोप लगाएका छन् ।”

कक्षा ६ देखि १० सम्मका अध्ययनरत एक सय तीन किशोरीलाई एचभिपी खोप पहिचान गरिएको उनले बताए । श्रेष्ठले भने, “विद्यालयमा अध्ययनरत एक सय तीन किशोरी र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका छ गरी एक सय नौ किशोरी एचभिपी खोपका लागि पहिचान गरिएको थियो, २१ जनाले बाहिरी जिल्लाबाट खोप लगाएको जानकारी प्राप्त भएको छ ।” 

मनाङको ङिस्याङ, नार्पाभूमि, चामे र नासोँ गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउनका लागि खोप केन्द्र तोकिएको थियो । जिल्लामा दुई सय थान खोप जिल्लामा भित्रिएकामा ९० थान मात्रै प्रयोग भएको उनको भनाइ छ ।

गत फागुनको १८, १९ र २० गते ङिस्याङको अन्नपूर्ण माध्यमिक विद्यालय, चामेको लोकप्रिय माध्यमिक विद्यालय, गौरीशङ्कर आधारभूत विद्यालय र नासोंको प्रकाश ज्योति माध्यमिक विद्यालयको खोप केन्द्रबाट खोप लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालय मनाङका प्रमुख रविना ठगुनाले बताइन्। 

खोप कार्यक्रम सञ्चालनका लागि सबै पालिकाका स्वास्थ्य शाखा प्रमुख, सबै पालिकामा रहेको २४ वटै स्वास्थ्य संस्थाका प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालय मनाङ र जिल्ला आयुर्वेदिक अस्पताल मनाङको प्रत्यक्ष सहभागितामा खोप लगाइएको हो । 

नासों गाउँपालिका–५ स्थित प्रकाशज्योति माध्यमिक विद्यालय, चामे गाउँपालिका–१ स्थित गौरीशङ्कर माध्यमिक विद्यालय, चामे गाउँपालिका–४ स्थित लोकप्रिय माध्यमिक विद्यालय र मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा खोप केन्द्रबाट किशोरीलाई एचपिभी खोल लगाइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस