काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो।
तेस्रो संस्करणको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसीले काठमाडौँ रेजर्स एफसीसँग खेल्ने छ। लिगमा ७ टोलीले सहभागिता जनाउनेछन्।
चैत १६ गतेबाट सुरु हुने तेस्रो संस्करणको एनएसएलको फाइनल खेल वैशाख १३ गते हुनेछ। एनएसएलको सम्पूर्ण खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
सार्वजनिक गरिएको खेल तालिका अनुसार तीन डबल हेडर (दिनमा दुई वटा खेल) हुनेछन् भने अन्य दिन एक(एक वटा खेल रहेका छन्। दुई वटा खेल भएको दिन पहिलो खेल २ : ३० मा हुनेछ भने दोस्रो खेल साँझ ६ बजे हुनेछ।
सिङ्गल राउन्ड रोबिनका आधारमा हुने खेलमा जम्मा २१ वटा खेल हुनेछन्। शीर्ष चार टोलीले प्लेअफ प्रवेश गर्नेछन्। प्लेअफमा दुई वटा क्वालिफायरका खेल हुनेछन् । पहिलो क्वालिफायरको खेल वैशाख ६ गते हुनेछ।
त्यस्तै, दोस्रो क्वालिफायर वैशाख ७ गते रहेको छ। दुबई क्वालिफायरपछि वैशाख १० गते एलिमिनेटरको खेल हुनेछ। एलिमिनेटरपछि वैशाख १३ गते फाइनल खेल हुनेछ।