काठमाडौं । अमेरिकाको शिक्षा विभागले ठूलो संख्यामा कर्मचारी कटौती गर्ने योजना बनाएको छ ।
यस योजना अन्तर्गत करिब आधा कर्मचारीहरू हटाइने भएका छन् । यो योजनाबाट करिब २ हजार १०० कर्मचारी प्रभावित हुनेछन्, जसलाई आगामी २१ मार्चदेखि बिदामा पठाइनेछ।
बीबीसीका अनुसार ट्रम्प प्रशासनले संघीय कर्मचारीको सङ्ख्या घटाउने नीति अघि बढाएको छ, जसको उद्देश्य सरकारी खर्च कटौती गर्नु हो ।
हाल अमेरिकी शिक्षा विभागमा ४ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । उनीहरूका लागि वार्षिक बजेट करिब २३८ अर्ब डलर खर्च भइरहेको छ ।