काठमाडौँ । निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा. मोहनचन्द्र रेग्मी नियुक्त भएका छन्।
बुधवार बसेको निजामती कर्मचारी अस्पताल विकास समितिको बैठकले रेग्मीलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि छनोट समितिले लोक सेवा आयोगको विधि-पद्धति अनुसार परीक्षण गरी उत्कृष्ट ठहर गरिएका तीन जनाको नाम सिफारिस गरेको थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको अस्पतालको कार्यकारी निर्देशकका लागि डा. प्रमोद यादव, डा. रुद्र मरासिनी र डा. मोहनचन्द्र रेग्मी प्रतिस्पर्धामा रहेका थिए।
सम्बन्धित समाचार : निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा तीन जना सिफारिस