२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल नामिबियासँग २३ रनले पराजित

अ+ अ-

काठमाडौँ । वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल नामिबियासँग पराजित भएको छ ।

 युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आफ्नो चौथो खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको हो ।

नामिबियाले दिएको १ सय २६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय २ रनमात्र बनाउन सक्यो । नेपालकी साना प्रवीनले सबैभन्दा धेरै ३१ रन बनाइन् । यस्तै कविता जोशीले नटआउट १७ रन जोडिन् । नामिबियाकी इभेलीन केजरुक्वाले २ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रन बनायो । यो प्रतियोगिताकै सबैभन्दा धेरै रन हो । नामिबियाकी यास्मिन खानले ४५ रन बनाइन् । नेपालकी ईश्वरी विष्टले ३, रचनाकुमारी चौधरीले २ विकेट लिइन् ।

योसँगै शृङ्खलामा नेपालले ४ वटा खेलमा ३ वटा हारेको छ । नेपाल पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा घरेलु टोली युगान्डालाई १ विकेटले हराएको नेपाल तेस्रो खेलमा हङकङसँग २ रनले पराजित भएको थियो । नेपालले भोलि युगान्डासँग र पर्सि हङकङसँग खेल्नेछ । नेपाल, युगान्डा, नामिबिया र हङकङ सहभागी प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल चैत ३ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस